नेपालमा पहिलो पल्ट सेल्फी संबंधि गितको भिडियो सार्बजनिक।।।

 हुन त सेल्फि सम्वन्धि गित र म्युजिक भिडीयोहरु अन्य मुलुकहरुमा धेरै बनिसकेका छन् र बन्ने क्रमपनि जारी छ. तर नेपालको सन्दर्भमा भने पुर्णतया सेल्फिमा आधारित रहेर बनेको प्रथम गित यही नै हो 'सेल्फि हानौला'। सेल्फिसम्वन्धि रमाईलो अनि व्यंग्यात्मक यस गितको परिकल्पना तथा रचना युवा गितकार डि.पी. खनालले गरेका हुन् । गायक तथा संगितकार शंकर थापाको संगित, स्माईल स्वयं र प्रतिभाशाली नवगायीका लक्ष्मी नेपालीले यसमा आवाज दिएका छन् । यस गितमा संगित संयोजन उदयराज पौडेलले गरेका हुन् । पछिल्ले समय गितकार डि.पी. खनाल, संगितकार तथा गायक शंकर थापा र संगित संयोजक उदयराज पौडेलको सहकार्य नेपाली संगित बजारमा निकै चर्चामा छ । उक्त म्युजिक भिडीयोमा निर्देशन कमल एक्चै मगरको रहेको छ । निरोज श्रेष्ठले खिचेको यस भिडीयोमा कोरियोग्राफी दिपक सुनारको रहेको छ । भिडीयोमा मोडल सुरज अधिकारी र सुस्मिता श्रेष्ठको अभिनय रहेको छ । यस गितको म्युजिक भिडीयो विशेषतः सेल्फिमा आधारित हाउभाउ र भाव-भंगिलाई आधुनिक विबोईङ डान्सको समिश्रणमा अब्बल तुल्याईएको छ । म्युजिक भिडीयोलाई सम्पादन विदुर दहालले गरेका हुन । यस गितको म्युजिक भिडियोलाई आरबी म्युजिक ले बजारमा ल्याएको हो ।Please Watch & Share This Funny Selfie Music Video.
Thanks !

https://youtu.be/YJ1p5coMlGU

Most Popular Posts