कोइका र युएनडीपीले निर्माण गरेको पहिलो स्वास्थ्यचौकीको स्वस्थ मन्त्रीबाट उद्घाटन

सन् २०१५ को महाभूकम्पपछि सुरु गरिएको पुनर्निर्माण कार्य अन्र्तगत संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम(युएनडिपी)ले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, जिल्ला स्वास्थ्य समिति तथा स्वास्थ्य व्यवस्थापन समितिसँगको साझेदारी र गडतन्त्र कोरीया सरकारकोे सहायतामा नुवाकोट जिल्लाको बेलकोट नगरपालिकामा निर्माण गरेको स्वास्थ्य चौकीको आज उद्घाटन भएको छ । 
यो स्वास्थ्य चैकी सहीत युएनडिपीले कोरीया सरकारकोे सहायतामा नुवाकोट जिल्लामा थप ९ वटा आधुनिक, भुकम्प प्रतिरोधात्मक र अपांगमैत्री स्वास्थ्य चैकीको निर्माण गरीरहेको छ ।  यी संरचनाहरु ३० वर्षभन्दा लामो समय संचालनमा रहने र यसबाट २८ हजारभन्दा अधिक जनसंख्या प्रत्यक्ष लाभन्वित हुने अपेक्षा गरिएको छ । बालकोट नगरपालिकामा निर्माण सम्पन्न गरिएको यस भूकम्प प्रतिरोधात्मक र अपांगमैत्री स्वास्थ्यचौकीबाट स्थानीयवासीले साधारण स्वास्थ्य सेवा र प्रसुती सुविधा प्राप्त गर्नेछन् । अस्पतालको सुरक्षित फोहर व्यवस्थापनको महत्व ध्यानमा राखेर सबै अस्पतालहरु फोहर व्यवस्थापन प्रणालीद्वारा सुसज्जित हुनेछन् ।
सन् २०१६ सेप्टेम्बर १४ मा नेपाल सरकार र गणतन्त्र कोरिया सरकारबीच भएको सझौताअनुसार सञ्चालन गरिएको नुवाकोट जिल्लामा विपद्पछिको स्वास्थ्य सेवा पुनस्थापना कार्यक्रमक अन्र्तगत १० वटा स्वास्थ्य चौकी र विदुर नगरपालिकामा ५० शैयाको त्रिशुली अस्पताल कुल ८.६ मिलियन अमेरिकी डलर (रु ८६ करोड)मा निर्माण हुन लागेको हो । 
आज एक समारोहबीच नेपालका लागि कोरिएन राजदूत एच.इ. पार्क, योङ—सिक, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्माकुमारी अर्यालले संयुक्तरुपमा नव निर्मित वेलकोट स्वास्थ्य चौकी को उदघाटन तथा त्रीशुली अस्पतालको शिलान्यास गर्नुभयो ।
समारोहलाई सम्बोधन गर्दै राज्यमन्त्री पद्माकुमारी अर्यालले निर्माण सम्पन्न स्वास्थ चौकी तथा आजै शिलान्यास गरिएको अस्पतालको निर्माणले नुवाकोवासीलाई सुगम र गुणस्तरीय स्वास्थ सेवा उपलव्ध गराउन सहयोग गर्ने वताउनुभयो । "स्वास्थ उपचार सुलभ बनाउन आवस्यक संरचनाको निर्माण र सुधारको साथसाथै, हामिले स्वस्थ रहन र रोग बाट टाढै रहन हाम्रा खानपान, वानि व्यवहारमामा पनि सुधार ल्याउन आवस्क जनचेतना र स्वस्थ्य शिक्षामा पनि जोड दिनु आवस्यक छ" ।
समारोहलाई संक्षिप्त सम्बोधन गर्दै राजदूत एच.इ. पार्क, योङ—सिक ले कोरिया सरकारले कोइकामार्फत नुवाकोट जिल्लामा विपद्पछिको पुननिर्माण कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले यसबाहेक पनि नेपाल सरकारलाई स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रको साथै मानव संशाधनको क्षमता अभिवृद्धिमा सहयोग गरेको जानकारी दिनुभयो । 
युएनडिपीका राष्टिय उपनिर्देशक सोफिया केमखाजेले भूकम्प प्रभावित क्षेत्रका समुदायका लागि उत्थानशील निर्माण गर्न स्थानीय समुदायको सहभागिता, क्षमता अभिवृद्धि र जीविकोपार्जनमा सुधारमा जोड दिएको बताउनुभयो । 
सो अवसरमा कोइकाका राष्ट्रिय निर्देशक डा किम हेयुङ्यो बालकोट र विदुर नगरपालिकाका मेयर, अस्पतालका मेडिकल सुपरीटेण्डेट र त्रिशुली अस्पतालका अध्यक्षले पनि मन्तव्य व्यक्त गर्नुभयो । 
समारोहमा नुवाकोडका विभिन्न स्थानीय तहका पदाधिकारी, विभिन्न दातृ निकाय(जिएनआई, जिआइजेड)का प्रतिनिधि र स्थानीय वासिन्दाको उपस्थिति थियो ।

No comments:

Post a Comment

Only genuine comments please!

Most Popular Posts